ग्रीन अर्थतन्त्रलाई प्राथमिकता दिनुपर्छ: उर्जामन्त्री

बुधबार, वैशाख ५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । सरकारले ग्रीन अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने उर्जा जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले बताएका छन् । काठमाडौंमा आज आयोजित हाइड्रोजन डाइलग कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री बस्नेतले सरकारले बनाउने निति तथा कार्यक्रममा ग्रीन अर्थतन्त्रलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन् ।

मन्त्री बस्नेतले नेपालमा ग्रीन अर्थतन्त्र र ग्रीन आर्थिक विकासको चर्चा गर्न ढिला भएको भन्दै अब ग्रीन अर्थतन्त्रका विषयमा बहस छलफल गरी नीतिगत रूपमा अघि बढ्नुको विकल्प नभएको बताए ।

 मन्त्री बस्नेतले स्रोत उपलब्धताको दृष्टिकोणबाट हेर्दा नेपाल सरकारले स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढङ्गले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्न नसकेको उल्लेख गरे। उनले विश्व लागि ग्रीन अर्थतन्त्रमा गइसकेको बताए। उनले नेपालसँग भएका पेट्रोलियम पदार्थ लगायत जलस्रोतको प्रयोग भन्दा पनि आयातमा रमाइरहेको बताए । उनले आफूसँग भएका स्रोतको सही ढङ्गले सदुपयोग गर्न नसक्ने देशले आर्थिक समृद्धिको यात्रामा पाइला चाल्न नसक्ने दाबी गरे ।

उनले भने,‘पेट्रोलियम पदार्थको आयात गरिरहेका छौं । नेपालसँग भएका स्रोतहरूको प्रयोग भइरहेको छैन । जुन देशले आफूसँग भएका स्रोतको सही ढङ्गले अप्टिमम प्रयोग र सदुपयोग गर्न सक्दैन । त्यो देशमा समृद्धिको यात्रामा प्रभाव पर्छ । नेपाल जलस्रोतको धनी देश भनिरहेका छौं । स्रोत उपलब्धताको दृष्टिकोणबाट हेर्दा स्रोतलाई आर्थिक विकासको अभियानमा व्यवस्थित ढङ्गले सदुपयोग गरी आर्थिक विकास समृद्धिको सपना पूरा गर्नको लागि ग्रीन अर्थतन्त्रको कुरा गर्न सान्दर्भिक छ । अब सरकारले ग्रीन अर्थतन्त्र,ग्रीन आर्थिक विकासका बारेमा चर्चा गर्न ढिला भएको छ । सरकारले यसमा प्राथमिकता दिएर नीति तथा कार्यक्रममा लैजानुपर्ने आवश्यकता पैदा भएको छ ।’

मन्त्री बस्नेतले नेपाल ग्रीन अर्थतन्त्रमा जानको लागि नीतिगत रूपमा नै कार्यक्रमहरु बनाएर जान आवश्यक रहेको बताएका हुन् । 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्