दीर्घ सोडारीलाई सुदूरपश्चिमको मुख्यमन्त्री बन्न छैन सहज

बुधबार, वैशाख ५, २०८१
Neuro hospital Nepalgunj

कैलाली । नेकपा एकीकृत समाजवादी (एस) का दीर्घबहादुर सोडारीलाई सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री बन्न त्यति सजह अवस्था देखिएको छैन । सत्ता समीकरणमा सहमति भए पनि नेकपा एमालेले दीर्घबहादुर सोडारीलाई अस्वीकार गरेको छ । योसँगै सहमित नजिक पुगेको सुदूरपश्चिम प्रदेशको राजनीति फेरि तरंगित बनेको छ ।

एकीकृत समाजवादी पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता दीर्घबहादुर सोडारीलाई मुख्यमन्त्री बनाउन अगाडि सारिसकेको छ तर एमालेले भने उनी विवादित व्यक्ति भएको भन्दै उनको विकल्प खोज्न भनेपछि राजनीति फेरि तरंगित बनेको हो ।

एमालेले सोडारीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा विचाराधीन रहेको र मन्त्री भएका बेला पनि विवादित बनेको भन्दै उनको विकल्प खोज्न अडान लिएको बताइएको छ । 

एमालेको अडानपछि एकीकृत समाजवादीका नेताहरु केन्द्रमा छलफलमा रहेको बुझिएको छ । एमालेले सोडारी बाहेक जो भए पनि आफूहरुलाई समस्या नहुने प्रस्ताव एकीकृत समाजवादीलाई दिएका छन् ।

एमालेको नयाँ अडानपछि बुधबार मुख्यमन्त्रीमा दाबी गर्ने तयारी गरेका सोडारी छलफलमा रहेका छन् । एकीकृत समाजवादी सुदूरपश्चिमले संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय यसअघि नै गरिसकेको छ । 

प्रदेश प्रमुखले दावेदारीका लागि बिहीबारसम्मको समय दिएका छन् । 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १४:२६
प्रतिक्रिया दिनुहोस्