इलाम-२ को चुनावी सभालाई गगन र विश्वप्रकाशले सम्बोधन गर्ने

बुधबार, वैशाख ५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको चुनावी सभालाई नेपाली कांग्रेसका दुबै महामन्त्री गगन थापा र विश्वप्रकाश शर्नाले सम्बोधन गर्दैछन् ।

वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काको घरदैलो कार्यक्रम सहभागी भइसकेका महामन्त्री थापा र शर्मा वैशाख ८ गते हुने चुनावी सभाका लागि इलाम जान लागेका हुन् ।

 जिल्लाको लाँकुरी चौतारीमा वैशाख ८ गते दिउँसो साढे १२ बजे हुने इलाम-२ को चुनावी सभालाई उनीहरुले सम्बोधन गर्ने तालिका रहेको नेपाली कांग्रेस इलामले जनाएको छ।

महामन्त्री शर्मा इलाम-२ का चुनावी कमाण्डर हुन् । उनी अहिले इलामको चुनावी प्रचारप्रसारमा अन्तर्गत घरदैलो अभियानमा छन्  भने अर्का महामन्त्री थापा संवाद यात्रा सकेर काठमाडौं फर्किसकेका छन् ।

 

 

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १३:१०
प्रतिक्रिया दिनुहोस्