रुकुम पश्चिम जाँदै गरेको बस सल्यानमा दुर्घटना, १४ जना घाइते

बुधबार, वैशाख ५, २०८१

दाङ । दाङको घोराहीबाट रुकुम पश्चिम जाँदै गरेको बस सल्यानमा दुर्घटना हुँदा १४ जना यात्रु घाइते भएका छन्।

 घोराहीबाट छुटेको रा१ख २०८५ नम्बरको बस आज बिहान पौने ११ बजे सल्यानको बागचौर नगरपालिका-२ स्थित सिङबाङमा दुर्घटना हुँदा १४ जना घाइते भएको जिल्ला प्रहरी सल्यानले जानकारी दिएको छ।

सल्यान प्रहरीका अनुसार बस  अनियन्त्रित भएर सडकदेखि तल खोलामा खसेको हो। दुर्घटनामा घाइतेहरु मध्ये ४ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दुर्घटनाका सबै घाइतेहरुलाई स्थानीय मेडिकलमा लगिएको छ भने गम्भीर घाइतेलाई बाहिर पठाइएको प्रहरीले जानकारी दिएको छ।

 

 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्