सुरक्षा फौजको कारबाहीमा २९ माओवादी विद्रोहीको मृत्यु

बुधबार, वैशाख ५, २०८१
Neuro hospital Nepalgunj

छत्तीसगढ । भारतको सुदूरपूर्वी राज्य छत्तीसगढ भारतीय सुरक्षा फौजको कारबाहीमा २९ जना  माओवादी विद्रोहीको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय समाचार संस्थाका अनुसार छत्तीसगढको राजधानी रायपुरको दक्षिणी जिल्ला काँकरमा सुरक्षा फौजको जवाफी कारबाहीमा २९ जना विद्रोही माओवादीको मृत्यु भएको हो।

सुरक्षा फौज  र माओवादी विद्रोहीको भिड्न्तमा तीन जना सुरक्षाकर्मी घाइते भएको बताइएको छ। भारतको छत्तीसगढमा नक्सलवादी समूहले सन् १९६७ देखि भुमिगत रुपमा छापापार शैलीमा युद्ध गर्दै आएको छ।

भारत सरकारले उक्त क्षेत्रमा  विद्रोहीलाई समाप्त पार्न दश हजार बढीको संख्यामा विशेष लडाँकु फौज परिचालन गरेको छ। त्यहा नक्सलकादी विद्रोही हाल ४५ जिल्लामा छरिएर रहेको छ। विभिन्न संगठन नक्सलवादी विद्रोही नामले भारतमा चिनिन्छन।

 

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०९:५७
प्रतिक्रिया दिनुहोस्