कांग्रेसको तेस्रो दिनको बैठक जारी

बिहीबार, साउन ४, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आज बिहानदेखि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको तेस्रो दिनको  बैठक शुरु भएको छ । मंगलबारबाट शुरु भएको बैठक आज पनि जारी छ ।

एक वर्षपछि पहिलो पटक केन्द्रीय कार्यसमिति बैठक बसेको हो । 

बैठकमा छलफलका लागि विभिन्न १० कार्यसूची तय गरिएको छ । 

बैठकमा विभाग गठन, पार्टीको राष्ट्रिय अभियान घोषणा, अनुशासन समितिको प्रतिवेदन, समसामयिक राजनीतिक, कार्यसम्पादन समिति बैठकबाट भएका निर्णय अनुमोदन, साङ्गठनिक कार्ययोजना र कार्यतालिका, नीति अधिवेशन, पार्टीको निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदन विषयको कार्यसूचीमाथि छलफल भइरहेको छ ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ११:४२
प्रतिक्रिया दिनुहोस्