क्रिप्टोकरेन्सी कारोबारमा संलग्न दुई जना नेपालगन्जबाट पक्राउ

बुधबार, वैशाख ५, २०८१
Neuro hospital Nepalgunj

बाँके। जिल्ला प्रहरी बाँकेले गैर कानुनी रुपमा मुद्रा विनिमय र क्रिप्टोकरेन्सी (Crypto Currency) कारोबारमा संलग्न दुई जनालाई पक्राउ गरेको छ।

क्रिप्टोकरेन्सी हुने बारे गोप्य सूचना पाएको बाँके प्रहरीको खोजतलासमा नेपालगन्ज-२० का अमृतकुमार बर्मा र बाँकेको जानकी गाउँपालिका-१ का रियाज खाँलाई नेपालगन्ज-१८ स्थित भाटभटेनी नजिकबाट पक्राउ गरेको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।

प्रवक्ता डाँगीका अनुसार पक्राउ परेका उनीहरुले Binance र Bitgate मार्फत Usdtv( क्रिप्टोकरेन्सी) को अवैध कारोबार गर्दै सो बापत दैनिक १ करोड रुपैयाँसम्मको अवैध कारोबार गरेको पाइएको हो।

बर्मा र खाँले नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कसुर गरेको देखिन आएको बाँके प्रहरीले जानकारी दिएको छ। बाँके प्रहरीले उनीहरुको ५ दिनको म्याद थप गर्दै थप अनुसन्धान अघि बढाएको प्रवक्ता डाँगीले बताए।

 

 

 

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०८:४७
प्रतिक्रिया दिनुहोस्