एसिसी प्रिमियर कपमा आज साउदी अरेबियाले अपराजित नेपालको सामना गर्दै

बुधबार, वैशाख ५, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । ओमानमा जारी एसिसी प्रिमियर कप २०२४ अन्तर्गत एक खेल बाँकि छ्दै सेमिफाइनलमा प्रवेश गरिसकेको नेपालले आज साउदी अरेबियासँग खेल्दै । समूह चरणको अन्तिम खेल नेपाल र साउदी अरेबियाबीच आज पौने १२ बजे सुरु हुनेछ।

नेपाल प्रतियोगितामा अपराजित रहदै सेमिफाइनलमा प्रवेश गरेको हो। यसअघिको पहिलो खेलमा नेपालले मलेसियालाई ५ विकेट , कतारलाई ३२ रन र हङकङलाई ८ विकेटले पराजित गरेको हो।

नेपाल रहेको समूह ए मा कतार, साउदी अरेबिया , हङकङ र मलेसिया  रहेको समूहमा आज पौने १२ बजे मलेसिया र हङकङबीच हुँदैछ। यस समूहमा नेपाल समूह विजेता बनिसकेको छ भने हालसम्म कतार ४ अंकसहित दोस्रो , साउदी अरेबिया २ अंक, मलेसिया २ तथा हङकङ २ अंकका साथ पाचौं स्थानमा छ। आज यस समूहबाट सेमिफाइनलमा पुग्ने अएको राष्ट्रको छिनोफानो हुनेछ।

त्यस्तै  समूह बी मा ओमान, यूएई,कम्बोडिया र बहराइन छन् । समूह बी को ओमान ३ खेल जित्दै सेमिफाइनलमा प्रवेश गरिसकेको अवस्थामा कुवेत ४ अंकका साथ दोस्रो , यूएई ४ अंकका साथ तेस्रो, बहाराइन २ अंकका साथ चौथो र कम्बोडिया शुन्य अंकका साथ पाँचौ स्थानमा छ।

समूह बी को आजको खेल ओमान र कुवेतबीच र यूएई कम्बोडियाबीच हुँदैछ। समूह ए बाट सेमिफाइनलमा पुगुसकेको ओमानसँगै सेमिफाइनलमा पुग्ने अर्को राष्ट्रको टुंगो लाग्नेछ। 

सेमिफाइनलमा दुबै समूहका विजेता र उपविजेता टोली सेमिफाइनलमा जानेछन र दुई टोली फाइनलको यात्रा गर्नेछन् । फाइनल विजेता राष्ट्र आगामी एसिया कपमा सिधै छनौट हुनेछ। यसअघि नेपालले घरेलु मैदान यूएईलाई पराजित गर्दै एसिया कपमा पुगेको थियो।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान ) कुशल भुर्तेल, आशिफ शेक, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव , अनिल साह, सन्दीप जोरा, गुल्शन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशी, अभिनाश बोहरा र प्रतिश जिसी रहेका छन् ।

प्रकाशित मिति: बुधबार, वैशाख ५, २०८१  ०७:२३
प्रतिक्रिया दिनुहोस्