डुडुवामा दोस्रो र तेस्रो त्रैमासिक सामाजिक सुरक्षा भत्ता वितरण सुरु

मंगलबार, वैशाख ४, २०८१

बाँके । डुडुवा गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण सुरु गरेको छ । आर्थिक बर्ष २०८०र०८१ को दोस्रो र तेस्रो त्रैमासिक अन्तर्गत कार्तिकदेखि चैतसम्मको भत्ता वितरण गर्न थालिएको हो । गाउँपालिकाको वडा नम्बर २ बेतहनीबाट आइतबारदेखि भत्ता वितरण सुरु गरिएको छ । वडा नम्बर २ का वडाध्यक्ष दुर्गाप्रसाद बर्माले जेष्ठ नागरिकलाई रकम हस्तान्तरण गर्दे सुभारम्भ गरे । 

नागरिकलाई सहजताका लागि यस वर्ष बैंकका कर्मचारीहरु वडा वडामा पुगेर भत्ता वितरणको कार्य सुरु गरेको पालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले बताए । अध्यक्ष चौधरीले भत्ता वितरण प्रक्रियामा बैंकिङ लगायत प्राविधिक समस्याले स्थानीयको घर घरमै पुगेर वितरण गर्न नसक्नु दुःखद कुरा भएको भन्दै त्यसको विकल्पमा बैंकलाई वडा ९गाउँस्तर० मै बोलाएर वितरण गर्न लागेको बताए । तर अझै पनि एउटा बैंकले वडा नम्बर ५ र ६ मा गएर रकम बाँड्न नसक्ने बताएकाले समस्या भएको चौधरीको भनाई छ । 

पालिकाको वडा नम्बर १ र २ का ज्येष्ठ नागरिकहरुको नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, वडा नम्बर ३ र ४ को कुमारी बैंक र वडा नम्बर ५ र ६ को ज्योति विकास बैंकमा खाता खोलिएको छ । दुई वटा बैंकले गाउँमै पुगेर सार्वजनिक स्थान तथा कार्यालयबाट भत्ता वितरण गरिरहेका छन भने एउटा बैंकले कर्मचारीको अभाव भन्दै बैंकमै लिन आउन भनेको गाउँपालिकाका एमआइएस अपरेटर कौशलकुमार कैराँतीले बताए । 
गाउँपालिकामा दोस्रो र तेस्रो त्रैमासिकका लागि ४ हजार ४ सय २३ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गरिने पालिकका वडा सचिव शिवकुमार मौर्यले बताए । 

वडा सचिव मौर्यका अनुसार ६८ वर्ष पुगेका जेष्ठ नागरिकलाई प्रति महिना रु। ४ हजार, ६० वर्ष पुगेका जेष्ठ नागरिक दलित, ६० वर्ष पुगेका जेष्ठ नागरिक एकल, विधुवा आर्थिक सहायतालाई प्रति महिना रु। २ हजार ६ सय ६०, पूर्ण अपागंता भएका व्यक्ति ९क० वर्गलाई प्रति महिना रु। ३ हजार ९ सय ९०, अपांगता भएका व्यक्ति ९ख० वर्गलाई प्रति महिना रु। २ हजार १ सय २८ र जन्मेदेखि ५ वर्ष मुनिका दलित बालबालिकालाई प्रति महिना रु। ५ सय ३२ का दरले रकम वितरण गरिनेछ । 

पालिकाको वडा नम्बर २ मा वितरणको कार्य सकिएको छ भने अहिले वडा नम्बर १ होलियामा भत्ता विरतण भइरहेको छ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  २०:२७
प्रतिक्रिया दिनुहोस्