बर्दियामा २३ किलो चरेससहित एक जना सशस्त्र प्रहरीको नियन्त्रणमा

मंगलबार, वैशाख ४, २०८१

बर्दिया । सशस्त्र प्रहरीले बर्दियामा २३ किलो चरेससहित एक जनालाई पक्राउ गरेको छ।

सशस्त्र प्रहरीको बिओपी फुटाहाबाट गएको टोलीले आज बिहान चेकजाँचका क्रममा रुकुम पश्चिमको सानोभेरी गाउँपालिका-५ का ३४ वर्षीय

बमबहादुर पुनलाई २३ किलो चरेससहित पक्राउ गरेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सशस्त्र प्रहरीको टोलीले पुनलाई बढैयाताल गाउँपालिका- २  स्थित फुटाह नजिकबाट भारततर्फ लैजादै गरिएको २३ पोका  चरेस बरामद गरेको जनाएको छ।

सशस्त्र प्रहरी पक्राउ परेका पुन र बरामद गरिएको चरेसलाई आबश्यक कारबाहीका लागि प्रहरीमा बुझाएको जनाएको छ।

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्