प्रहरीका डीआईजी जोशी र ढकाल एआईजी बढुवाका लागि सिफारिस

मंगलबार, वैशाख ४, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं। नेपाल प्रहरीका दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी ) अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) बढुवाका लागि सिफारिस भएका छन् ।

वैशाख ५ गते एआईजी सन्दीप भण्डारी र वैशाख ७ गते एआईजी मिरा चौधरी उमेरहदका कारण  अवकाशमा जाने हुँदा रिक्त हुने पदका लागि डीआईजी उमेश राज जोशी र भिमप्रसाद ढकाल एआईजी बढुवाका लागि सिफारिस भएका हुन् ।

हाल  डीआईजी जोशी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज र जोशी प्रहरीको केन्द्रीय प्रवक्ता हुन् ।

 

 

 

 

 

 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०८:१९
प्रतिक्रिया दिनुहोस्