बाँके प्रहरीले सवारीधनीलाई बुझायो हराएको मोटरसाइकल, लाखौंको अवैध सामाग्री बरामद

सोमबार, वैशाख ३, २०८१
Neuro hospital Nepalgunj

नेपालगन्ज । जिल्ला प्रहरी बाँकेले हराएको मोटरसाइकल फेला पारि सवारीधनीलाई बुझाएको छ।

गएराति ८ बजे नेपालगन्ज-१८ स्थित बागेश्वरी रोधी घर अगाडि पार्किङ गरि राखिएको अवस्थामा हराएको मोटरसाइकल फेला पारि सवारीधनी बर्दियाका सन्दीप थारुलाई बुझाएको बाँके प्रहरी प्रवक्ता डीएसपी नारायण डाँगीले जानकारी दिएका छन् ।

मोटरसाइकल हराएको सूचना पाए लगत्तै जिल्ला प्रहरी बाँकेबाट खटिएको टोलीले नेपालगन्ज-१८ कृष्ण मन्दिर नजिकै बेवारिसे अवस्थामा रहेको उक्त भे १२ प ७७४३ नम्बरको मोटरसाइकल फेला पार्दै आज बर्दियाको राजापुर-२ का थारुलाई हस्तान्तरण गरेको हो।

अवैध सामाग्रीसहित मोटरसाइकल बरामद 

बाँके प्रहरीको टोलीले गएराति भारतबाट भन्सार छ्ली गरेर ल्याउँदै गरिएको लाखौं रुपैयाँ बराबरको अवैध सामाग्रीसहित दुई जना व्यक्ति र उनीहरुले सामाग्री ओसार्न प्रयोग गरिएको दुई वटा मोटरसाइकल बरामद गरेको छ।

प्रहरीको टोलीले नेपालगन्ज-१५ र १६ बाट भन्सार छ्ली गरेर ल्याइदै गरिएको अवैध लत्ताकपडा , टायल, कार्पेट तथा कस्मेटिक सामाग्री बरामद गरेको हो। साथै प्रहरीले तस्करीमा प्रयोग गरिएका दुई मोटरसाइकलसहित दुई जनालाई पनि पक्राउ गरेको जनाएको छ।

बाँके प्रहरीका अनुसार बरामद गरिएको अवैध सामाग्रीको मूल्य २ लाख १० हजार रुपैयाँ रहेको छ। जिल्ला प्रहरी बाँके बरामद गरिएको सबै अवैध भन्सार छलीका सामग्री , पक्राउ परेका दुई जनासहित दुई वटा मोटरसाइकललाई आबश्यक कारबाहीका लागि नेपालगन्ज भन्सार कार्यालय बुझाइएको जनाएको छ।

 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १७:०८
प्रतिक्रिया दिनुहोस्