एसिसी प्रिमियर कपमा नेपालको तेस्रो जित, हङकङ ८ विकेटले पराजित

सोमबार, वैशाख ३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । ओमानमा जारी एसिसी प्रिमियर कपको तेस्रो खेलमा पनि नेपाल विजयी बनेको छ। आज भएको तेस्रो खेलमा नेपालले हङकङलाई ८ विकेटले पराजित गरेको हो। आज वर्षाका कारण १८ ओभरमा झारिएको खेलमा हङकङले दिएको ११५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको नेपालले हङकङलाई  ८ विकेटले  पराजित गरेको हो।

टस हारेर पहिलो ब्याटिङ गरेको हङकङले सबै विकेट गुमाएर ११४ रन बनाएको थियो। जवाफी ब्याटिङ गरेको नेपालले  १२.२ ओभरमा २ विकेट गुमाउँदै  ११७ रन वनायो।

नेपालका लागि  आशिफ शेखले सर्वाधिक ४० रन बनाए भने  कुशल भुर्तेलले ३२ रन बनाए। त्यस्तै रोहित पौडेलले  २५ र सन्दीप जोरले  १९  रन बनाए। हङकङका एहसान खान र यासिम मुर्तजाले १-१ विकेट लिए। हङकङका लागि  अन्से राठले सर्वाधिक ३४ रन बनाएका थिए। नेपालका अबिनाश बोहराले ३ तथा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरीले २- २ र  करण केसीले १ विकेट लिए।

नेपाल लगातार पहिलो खेलमा मलेसियालाई ५ विकेट र कतारलाई ३२ रनले पराजित गरिसकेको छ। 

नेपाल रहेको समूह ए मा कतार, साउदी अरेबिया , हङकङ र मलेसिया छन् । त्यस्तै समूह बी मा ओमान, यूएई,कम्बोडिया  र बहराइन छन् ।

नेपालले अम्तिम खेल वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ।

दुबै समूहबाट शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्  भने फाइनल विजेता राष्ट्र आगामी एसिया कपमा सिधै छनौट हुनेछ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान ) कुशल भुर्तेल, आशिफ शेक, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव , अनिल साह, सन्दीप जोरा, गुल्शन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशी, अभिनाश बोहरा र प्रतिश जिसी रहेका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्