केपी ओलीले भने- नेकपा एसले दक्षिणपन्थी अवसरवादी चरित्र देखायो

सोमबार, वैशाख ३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले नांगो रुपमा दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आरोप लगाएका छन् ।

एमाले संसदीय दलको बैठकमा अध्यक्ष ओलीले सुदूरपश्चिम प्रदेशको राजनीतिक घटनाक्रमलाई इन्किन्त गर्दै नेकपा एसले अराजनीतिक निर्णय गरेको आरोप लगाउदै एसले  दक्षिणपन्थी अवसरवादी  चरित्र  प्रकट गरेको बताएका हुन् ।  

नेकपा एसले भित्री रुपमा आन्तरिक रुपमा बार्गेनिङ गरिरहेको बताउँदै आइतबार बाहिर नै प्रकट गरेको अध्यक्ष ओलीले बताए। ओलीले नेकपा एसको टीप्पणी गर्दा निकै आक्रोश रुपमा देखिएका थिए।

 

 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १४:०५
प्रतिक्रिया दिनुहोस्