खरले छाएको घरमा आगलागी हुँदा दुई नाबालकको मृत्यु

सोमबार, वैशाख ३, २०८१
Neuro hospital Nepalgunj

अछाम । खरले छाएको घरमा आगलागी हुँदा दुई नाबालकको मृत्यु भएको छ।

अछामको मेल्लेख गाउँपालिका-६ षोडशमा घरमा आगलागी हुँदा ८ वर्षीया भावना बोहरा र ६ वर्षीय गोपाल बोहराको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

मृतक भावना  स्थानीय दीपक बोहराकी छोरी र गोपाल रमेष बोहराका छोरा रहेको प्रहरीले जनाएको छ।

आज बिहान अचानक खरले छाएको घरमा अचानक आगलागी भएको थियो। प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १२:५०
प्रतिक्रिया दिनुहोस्