राप्रपाको प्रदर्शनमा अश्रुग्यास लागेर घाइते भएका नेता डाँगीको उपचारका क्रममा मृत्युु

सोमबार, वैशाख ३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा ) ले चैत २७ गते काठमाडौंमा गरेको प्रदर्शनमा घाइते भएका राप्रपाका नेताको मृत्यु भएको छ।

राप्रपा बर्दियाको मधुवन नगरकार्यसमिति अध्यक्ष ठाकुरप्रसाद डाँगीको उपचारका क्रममा आज बिहान ४ बजे छाउनी अस्पतालमा मृत्यु भएको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिएका छन् ।

प्रदर्शनका क्रममा प्रहरीले हानेको अश्रुग्यासबाट गम्भीर घाइते भएका ६५ वर्षीय डाँगीलाई श्वासप्रश्वासमा र टाउकोमा समस्या देखिएको थियो। 

स्व. नेता डाँगीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज मध्याह्न १२ बजे राप्रपाको केन्द्रीय कार्यालय चाबहिलमा राखिने र त्यसपछि अन्तिम संस्कारका लागि बर्दिया लैजाने प्रवक्ता श्रेष्ठले बताए।

चैत २७ गते विभिन्न ४० बुँदे माग राखेर प्रदर्शनमा उत्रिएको राप्रपाको प्रदर्शनमा निषेधाज्ञा क्षेत्र तोडेको भन्दै प्रहरीले पानीको फोहरा, अश्रुग्यास र लाठीचार्ज गर्दा ३ दर्जन नेता-कार्यकर्ता घाइते भएका थिए।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ११:२०
प्रतिक्रिया दिनुहोस्