हुम्ला एमाले अध्यक्षमा बुमी निर्वाचित

सोमबार, वैशाख ३, २०८१
Neuro hospital Nepalgunj

हुम्ला । ज्ञामी बुमी नेकपा एमाले हुम्लाको जिल्लाको १० औं अधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका छन्। आइतबार राति भएको मतदानको गएराति नै भएको मतगणनामा बुमी अध्यक्षमा निर्वाचित भएका हुन् ।

अध्यक्षमा निर्वाचित बुमीले उनका प्रतिद्वन्दी डबल रावललाई पराजित गरेका हुन् । त्यस्तै जिल्ला उपाध्यक्षमा प्रकाश बहादुर शाही, सचिवमा तिर्थराज बोहरा  , महिला उपसचिवमा मन्जु रावल र खुला उपसचिवमा प्रदीप लामा निर्वाचित भएका छन् । उनीहरु सबै बुमी प्यानलका हुन् ।

त्यस्तै खुला सदस्य , महिला सदस्य र दलित सदस्यको मतगणना भइरहेको अध्यक्षमा निर्वाचित बुमीले जानकारी दिएका छन् ।

 

 

 

 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १०:१२
प्रतिक्रिया दिनुहोस्