आजदेखि महिला विश्वकप फुटबल, उद्घाटनमा न्यूजिल्याण्ड र नर्वे भिड्दै

बिहीबार, साउन ४, २०८०

काठमाडौं । आजदेखि अष्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको ९ औं फिफा महिला विश्वकप फुटबल २०२३ सुरु हुँदैछ।

विश्वकपको उद्घाटन खेल आयोजक राष्ट्र न्युजिल्यान्ड र नर्वेबीच  न्युजिल्यान्डमा हुँदैछ। आजको अर्को  खेल अर्को आयोजक राष्ट्र  अस्ट्रेलिया र आयरल्यान्डबीच सिड्नीमा अर्को खेल हुनेछ ।

विश्वकपको समूह ‘ए’ मा आयोजक न्युजिल्यान्ड, नर्वे, फिलिपिन्स र स्विट्जरल्यान्ड छन् । 

त्यस्तै समूह ‘बी’ मा आयरल्यान्ड, अस्ट्रेलिया, नाइजेरिया र क्यानडा रहेका छन्  भने समूह ‘सी’ मा स्पेन, कोस्टारिका, जाम्बिया र जापान परेका छन् । यसैगरी समूह ‘डी’ मा इङ्ल्यान्ड, हाइटी, डेनमार्क र चीन छन् । 

विश्वकपको  समूह ‘ई’ मा अमेरिका, भियतनाम, नेदरल्यान्ड्स र पोर्चुगल छन् । समूह ‘एफ’ मा फ्रान्स, जमैका, ब्राजिल र पानामा रहेका छन्  भने  समूह ‘जी’ मा स्विडेन, दक्षिण अफ्रिका, इटाली र अर्जेन्टिना रहेका छन् । समूह ‘एच’ मा जर्मनी, मोरक्को, कोलम्बिया र दक्षिण कोरिया रहेका छन्। 

८ औं विश्वकपसम्म २४ राष्ट्र सहभागी भएपनि यस ९ औं  विश्वकपबाट ३२ राष्ट्र सहभागी छन् 

 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०९:५७
प्रतिक्रिया दिनुहोस्