एसिसी प्रिमियर कप : आज हङकङविरुद्ध खेल्दै नेपाल

सोमबार, वैशाख ३, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । ओमानमा जारी एसिसी प्रिमियर कपमा आज  नेपाल हङकङविरुद्ध खेल्दैछ। नेपाली समयअनुसार पौने १२ बजे सुरु हुने खेलमा नेपाललाई  हङकङ हराउँनै पर्ने दबाब ।  लगातार दुई खेलमा जित निकालेको नेपाल हङकङलाई हराउँदै सेमिफाइनल यात्रा औपचारिकता मात्रै बाँकि राख्न चाहेको छ।

नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेट र कतारलाई ३२ रनले पराजित गरिसकेको छ भने हङकङले पनि पहिलो खेलमा कतारलाई २६ रनले पराजित गरेको थियो। त्यस्तै हङकङ दोस्रो खेलमा साउदी अरेबियासँग ५५ रनले पराजित भएको थियो।

नेपाल रहेको समूह ए मा कतार, साउदी अरेबिया , हङकङ र मलेसिया छन् । त्यस्तै समूह बी मा ओमान, यूएई,कम्बोडिया  र बहराइन छन् ।

नेपालले अम्तिम खेल वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ।

दुबै समूहबाट शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्  भने फाइनल विजेता राष्ट्र आगामी एसिया कपमा सिधै छनौट हुनेछ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान ) कुशल भुर्तेल, आशिफ शेक, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव , अनिल साह, सन्दीप जोरा, गुल्शन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशी, अभिनाश बोहरा र प्रतिश जिसी रहेका छन् ।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०८:४०
प्रतिक्रिया दिनुहोस्