छोरी जन्मने बित्तिकै ५ हजार खातामा

बिहीबार, साउन ४, २०८०
Neuro hospital Nepalgunj

रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिकाले छोरी जन्मने बित्तिकै बैंक खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ । 

आर्थिक वर्ष २०८०-८१ को गाउँसभाले सो कार्यक्रम सञ्चालनका लागि नीति, कार्यक्रम र बजेट पारित गरेको छ । 

यही साउन १ गतेदेखि लागू हुने गरी सो कार्यक्रम ल्याइएको गाउँपालिकाका उपाध्यक्ष लेखमणि डाँगीले जानकारी दिए । 

यही साउन १ गतेपछि गाउँपालिकाभित्र जन्मने हरेक छोरीलाई उम्दा बनाउन उक्त कार्यक्रम ल्याइएको भनेको भनाइ छ । बैंकमा खाता खोली जम्मा गरिने उक्त रकम २० वर्षसम्म झिक्न पाइने छैन । रासस।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०९:२७
प्रतिक्रिया दिनुहोस्