सुदूरपश्चिममा कांग्रेस र एसको समर्थनमा नाउपाका लक्ष्मणकिशोरले गरे मुख्यमन्त्रीमा दाबी पेस

आइतबार, वैशाख २, २०८१
Neuro hospital Nepalgunj

कैलाली । रेशम चौधरी पक्षका नागरिक उन्मुक्ति पार्टी (नाउपा) सांसद लक्ष्मणकिशोर चौधरीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी पेस गरेका छन् ।

चौधरीले कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह, र नेकपा एकीकृत समाजवदी (एस) का संसदीय दलका नेता दीर्घबहादुर सोडारीको हस्ताक्षरसहितको पत्रका साथ मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन् ।

कांग्रेसका १८, नाउपाका ४ र नेकपा एसका ४ जना सांसदहरुको समर्थनमा चौधरीले प्रदेश प्रमुख नजिर मिँयासमक्ष आज दिउँसो मुख्यमन्त्री नियुक्त गर्न दाबी पेस गर्दै पत्र दिएका हुन् ।

 

 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्