सुदूरपश्चिममा कांग्रेस, नेकपा एस र रेशम पक्षका सांसदबीच छुट्टै सहमति

लक्ष्मणकिशोरलाई मुख्यमन्त्री बनाउने सहमति
आइतबार, वैशाख २, २०८१
Neuro hospital Nepalgunj

कैलाली । सुदूरपश्चिम प्रदेशमा सरकार गठनका लागि छुट्टै सहमति बनेको छ। नेपाली कांग्रेस ,नेकपा एकीकृत समाजवादी(नेकपा एस) र संरक्षक रेशम चौधरी पक्षको नागरिक उन्मुक्ति पार्टी ( नाउपा) का सांसदबीच छुट्टै सहमति गर्दै नाउपालाई मुख्यमन्त्री बनाउने सहमति भएको छ।

कांग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता एवं निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह, रेशम पक्षका नाउपाका सांसद घनश्याम चौधरी र नेकपा एसका संसदीय दलका नेता दीर्घबहादुर सोडारीबीचको समझदारी अनुसार उक्त सहमति बनेको हो।

रेशम पक्षका सांसद लक्ष्मणकिशोर चौधरीले तीन दलको लिखित सहमति अनुसार कांग्रेस , नेकपा एस र नाउपाको समर्थनमा आजै मुख्यमन्त्रीमा दाबी पेश गर्ने बताइएको छ। नाउपामा रेशम र अध्यक्ष रन्जीता श्रेष्ठ पक्षबीच विवाद चर्किएको छ। अध्यक्ष श्रेष्ठले नेकपा माओवादी , नेकपा एमालेसँग आफ्नो पक्षको समर्थन रहेको बताएकी छिन्।

सुदूरपश्चिम सरकार बनाउन रेशम पक्षका लक्ष्मणकिशोरलाई कांग्रेसका १८, नेकपा एसका ४ र नाउपा रेशम पक्षका ४ सांसद छन् । नेकपा एसको साथबाट नाउपाको पक्षमा २६ सांसद हुनेछन् ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १४:१३
प्रतिक्रिया दिनुहोस्