दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एकको मृत्यु, ८ जना घाइते

आइतबार, वैशाख २, २०८१
Neuro hospital Nepalgunj

धादिङ । धादिङको दाउन्ने खोलामा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

धादिङको निलकण्ठ नगरपालिका-५ दाउन्ने खोलामा आज बिहान ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार दुर्घटना भएको ट्रकमा सवार ८ जना घाइते भएका छन् ।

दुर्घटनामा मृत्यु भएकाको अझै पहिचान खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय  धादिङले जनाएको छ।

दुर्घटनामा परी घाइते भएकाहरुको उपचारका लागि जिल्ला अस्पताल धादिङमा लगिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १२:३१
प्रतिक्रिया दिनुहोस्