१ क्विन्टल सुन बरामद प्रकरणमा पक्राउ पर्ने ६ जना पुगे

बिहीबार, साउन ४, २०८०

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिना जाँचपास बाहिरिएको १ क्विन्टल बरामद काण्डमा पक्राउ परेको संख्या ६ पुगेको छ।

मंगलबार हङकङबाट आइपुगेको १ क्विन्टल सुन बुधबार  बिना जाँचपास गरि टयाक्सीमा विमानस्थलबाट बाहिर लैजादै  राजस्व अनुसन्धान विभागको टोलीले  सुन बरामद गरेको हो।

१ क्विन्टल सुन ओसारपसारमा दिलिप भुजेल, रामकुमार भुजेल, भन्सार एजेन्ट राजेन्द्र राई ट्याक्सी चालक र थप दुई जनासमेत गए राति नै पक्राउ परेको राजश्व अनुसन्धान स्रोतले बताएको छ ।

नेपालमा एकै पटक यति धेरै सुन बरामद भएको यो पहिलो घटना हो । “तथ्य खुल्न बाँकी छ । फरार व्यक्तिको खोजी भइरहेको छ ”, राजस्व अनुसन्धान विभागले जनाएको छ।

पक्राउ परेकाहरुले अन्यको नाम  मुछेपछि ती  व्यक्तिहरुको खोजी जारी रहेको जनाइएको छ।

 

 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  ०९:०४
प्रतिक्रिया दिनुहोस्