एसिसी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जित, कतार ३२ रनले पराजित

शनिबार, वैशाख १, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । एसिसी प्रिमियर कपमा नेपालले लगातार दोस्रो जित निकालेको छ। आजको खेलमा नेपालले कतारलाई ३२  पराजित गरेको छ। 

पहिलो ब्याटिङ गर्दै नेपालले  ७ विकेट गुमाएर कतारलाई  दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभर खेल्दै     १७८ रन बनायो।कतारका लागि मोहोमद तनभिरले  सर्वाधिक ६३  रन बनाएका थिए। कतारविरुद्द नेपालका  दीपेन्द्रसिंह ऐरी, ललित राहवंशी र गुल्शन झाले २-२  विकेट लिए।

पहिलो ब्याटिङ गरेको नेपालका  लागि दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ६४, आशिफ शेखले ५२ तथा कुशल मल्लले ३५  रन र रोहित पौडेलले १८ रन बनाए।कतारका हिमाशुं राठोड र मुसिबर साले सर्वाधिक ३-३ विकेट लिए।

नेपाल रहेको समूह ए मा कतार, साउदी अरेबिया, हङकङ र मलेसिया छन् । त्यस्तै समूह बी मा ओमान, यूएई,कम्बोडिया  र बहराइन छन् ।

नेपालले अर्को खेल  वैशाख ३ गते हङकङ र अम्तिम खेल वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ।

दुबै समूहबाट शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्  भने फाइनल विजेता राष्ट्र आगामी एसिया कपमा सिधै छनौट हुनेछ।

नेपाली टोलीमा रोहित पौडेल ९कप्तान ० कुशल भुर्तेल, आशिफ शेक, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव , अनिल साह, सन्दीप जोरा, गुल्शन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशी, अभिनाश बोहरा र प्रतिश जिसी रहेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  १९:४५
प्रतिक्रिया दिनुहोस्