एसिसी प्रिमियर कप: आज नेपालले कतारसँग खेल्दै

शनिबार, वैशाख १, २०८१
Neuro hospital Nepalgunj

काठमाडौं । एसिसी प्रिमियर कप २०२४ को दोस्रो खेलमा नेपाल आज कतारविरुद्द खेल्दैछ। ओमानमा जारी प्रतियोगितामा  नेपालले आफ्नो पहिलो खेलमा  मलेसियालाई ५ विकेटले पराजित गरेको हो। 

नेपाली समयअनुसार खेल आज  सवा ४ बजे सुरु हुनेछ। नेपाल रहेको समूह ए मा कतार, साउदी अरेबिया , हङकङ र मलेसिया छन् । त्यस्तै समूह बी मा ओमान, यूएई,कम्बोडिया  र बहराइन छन्। आजको अर्को खेल कतारले हङकङसँग खेल्दैछ।

नेपालले अर्को वैशाख ३ गते हङकङ र अम्तिम खेल वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ।

दुबै समूहबाट शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्  भने फाइनल विजेता राष्ट्र आगामी एसिया कपमा सिधै छनौट हुनेछ।

नेपाली टोलीमा रोहित पौडेल ९कप्तान ० कुशल भुर्तेल, आशिफ शेक, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव , अनिल साह, सन्दीप जोरा, गुल्शन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशी, अभिनाश बोहरा र प्रतिश जिसी रहेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख १, २०८१  ०९:०२
प्रतिक्रिया दिनुहोस्