एसिसी प्रिमियर कप: नेपालको मलेसियामाथि सनसनीपूर्ण जित,

शुक्रबार, चैत ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेटमा नेपालले  मलेसियालाई ५ विकेटले हराउँदै  सनसनीपूर्ण जित  निकाल्दै विजयी सुरुवात गरेको छ।

आजदेखि ओमानमा सुरु भएको खेलमा नेपालले आफ्नो पहिलो खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको मलेसियाले  दिएको १४४  रनको लक्ष्यलाई ४ बल बाँकि छ्दै भेटाएको हो। नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर १४४ रन बनाउदै मलेसियालाई पराजित गरेको हो।

जितमा नेपालका आशिफ शेखले ३२, रोहित पौडेलले २८, कुशल भुर्तेलले २४, दीपेन्द्रसिंह ऐरी २० तथा गुल्शन झा १९ , सन्दीप जोराले १२ रन र कुशल मल्लले ७ रन बनाए।

मलेसियाका लागि विरनदीप सिंहले सर्वाधिक २ र अबिनाश बोहराले १ विकेट लिए। त्यस्तै बिरनदीप सिंहले सर्वाधिक  ५६ रन बनाएका थिए ।  मलेसियाविरुद्द नेपालका दीपेन्द्र सिंहले ३ विकेटलिएका थिए।

नेपाल रहेको समूह ए मा कतार, साउदी अरेबिया , हङकङ र मलेसिया छन् । त्यस्तै समूह बी मा ओमान, यूएई,कम्बोडिया  र बहराइन छन् ।

नेपालले अर्को खेल वैशाख १ कतार , वैशाख ३ गते हङकङ र अम्तिम खेल वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ।

दुबै समूहबाट शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्  भने फाइनल विजेता राष्ट्र आगामी एसिया कपमा सिधै छनौट हुनेछ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान) कुशल भुर्तेल, आशिफ शेक, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव , अनिल साह, सन्दीप जोरा, गुल्शन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशी, अभिनाश बोहरा र प्रतिश जिसी रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १९:४९
प्रतिक्रिया दिनुहोस्