त्रिविको रेक्टरमा केसी र रजिष्ट्रारमा रिजाल नियुक्त

शुक्रबार, चैत ३०, २०८०

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दहाल 'प्रचण्ड' ले त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्रा.डा. खड्क केसीलाई नियुक्त गरेका छन्। त्यस्तै रजिष्ट्रारमा प्रा.डा. केदार रिजाललाई नियुक्त गरिएको छ। 

त्रिविका उपकुलपति प्रा.डा. केशरजंग बरालको सिफारिसमा प्रधानमन्त्रीले केसी र रिजाललाई नियुक्त गरेका हुन् । उपकुलपतिले सिफारिस गरेका रेक्टर र रजिष्ट्रारलाई प्रधानमन्त्रीले नियुक्त गर्ने व्यवस्था अनुसार प्रधानमन्त्रीले उनीहरुलाई नियुक्त गरेका हुन् ।

प्रधानमन्त्रीले नियुक्त गरेका रिजाल यसअघि वातावरण विभाग ल्का प्राध्यापक हुन् । त्यस्तै केसी त्रिविको अन्तर्राष्ट्रिय मामिला एवं कुटनीतिक विभागमा कार्यरत थिए।

 

 

 

 

 

 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १८:५३
प्रतिक्रिया दिनुहोस्