एसिसी प्रिमियर कप: मलेसियाले नेपाललाई दियो १४४ रनको लक्ष्य

शुक्रबार, चैत ३०, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आजदेखि ओमानमा सुरु भएको एसिसी प्रिमियर कप क्रिकेटमा नेपाललाई मलेसियाले १४४  रनको लक्ष्य दिएको छ। टस जितेर पहिलो ब्याटिङ गरेको मलेसियाले २०  ओभर खेल्दै ३    विकेट गुमाएर१४३  रन बनायो।

मलेसियाका लागि बिरनदीप सिंहले सर्वाधिक ५६ रन बनाए। त्यस्तै नेपालका दीपेन्द्रसिंह ऐरीले २  र   अभिनाश बोहराले १ विकेट लिए। 

नेपाल रहेको समूह ए मा कतार, साउदी अरेबिया , हङकङ र मलेसिया छन् । त्यस्तै समूह बी मा ओमान, यूएई,कम्बोडिया  र बहराइन छन् ।

नेपालले अर्को खेल वैशाख १ कतार , वैशाख ३ गते हङकङ र अम्तिम खेल वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ।

दुबै समूहबाट शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्  भने फाइनल विजेता राष्ट्र आगामी एसिया कपमा सिधै छनौट हुनेछ।

नेपाली टोलीमा रोहित पौडेल ९कप्तान ० कुशल भुर्तेल, आशिफ शेक, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव , अनिल साह, सन्दीप जोरा, गुल्शन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशी, अभिनाश बोहरा र प्रतिश जिसी रहेका छन् ।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १७:४९
प्रतिक्रिया दिनुहोस्