त्रिभुवन विमानस्थलबाट बाहिरिएको १ क्विन्टल सुन बरामद

बुधबार, साउन ३, २०८०

काठमाडौं । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल सुन बरामद भएको छ। 

हङकङबाट मंगलबार  आएको  सुन आज बिना जाँचसहित बाहिरिएको सुन राजश्व अनुसन्धान विभागको टोलीले सुनसहित दुई जनालाई पक्राउ गरेको छ । 

त्रिभुवन अन्तर्राष्ट्रिय  विमानस्थलबाट बाहिरिएको सुनलाई  ट्याक्सीमा राखेर एयरपोर्टबाट बाहिरिने क्रममा विभागले बरामद गरेको बताइएको छ। अध्यागमन र प्रहरीबाटसमेत सुन पास गरेर अघि बढिसकेको अवस्थामा विभागले नियन्त्रणमा लिएको हो । 

दुवै जनालाई विभागले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।राजश्व अनुसन्धान विभागले आज विशेष सूचनाको आधारमा चलाएको अपरेशनका क्रममा सिनामंगलबाट झण्डै ८० देखि १०० किलो सुन बरामद भएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।

नेपालमा हालसम्म बरामद भएको यो नै सबैभन्दा ठूलो परिणामको सुन हुनसक्छ’, उनले भने । घटना बारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  २२:२७
प्रतिक्रिया दिनुहोस्