लुम्बिनीका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

शुक्रबार, चैत ३०, २०८०
Neuro hospital Nepalgunj

दाङ । नेकपा माओवादी केन्द्रबाट लुम्बिनी सरकारका मुख्यमन्त्री जोखबहादुर महाराले आज विश्वासको मत लिँदैछन् ।

नेकपा एमाले , माओवादी , जनता समाजवादी पार्टी , नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसदको समर्थनमा चैत २३ गते लुम्बिनीको मुख्यमन्त्री नियुक्त भएका महराले आज दिउँसो १ बजे बस्ने प्रदेश सभाबाट विश्वासको मत लिन लागेका हुन् ।

महरालाई एमालेका २९, माओवादीका ११ , जसपाआ ३, नेकपा एसका १ र स्वतन्त्र सांसद गरि४८ को समर्थनबाट मुख्यमन्त्री बनेका हुन् ।

मुख्यमन्त्री नियुक्त भए लगत्तै महराले एमालेका चेतनारायण आचार्य ,माओवादीका दीपेन्द्र पुन र जसपाका भण्डारीलाल अहिरलाई मन्त्री नियुक्त गरिसकेका छन् ।

 

 

 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०९:१७
प्रतिक्रिया दिनुहोस्