आजदेखि एसिसी प्रिमियर कप, नेपालले मलेसियाविरुद्द खेल्दै

शुक्रबार, चैत ३०, २०८०
Neuro hospital Nepalgunj
काठमाडौं । आजदेखि एसिसी प्रिमियर कप क्रिकेट सुरु हुँदैछ। ओमानमा आजदेखि सुरु हुने कपमा नेपालले आज मलेसियासँग खेल्दैछ।
 
नेपाली समयअनुसार खेल सवा ४ बजे सुरु हुनेछ। नेपाल रहेको समूह ए मा कतार, साउदी अरेबिया , हङकङ र मलेसिया छन् । त्यस्तै समूह बी मा ओमान, यूएई,कम्बोडिया  र बहराइन छन्। आजको अर्को खेल कतारले हङकङसँग खेल्दैछ।
 
नेपालले अर्को खेल वैशाख १ कतार , वैशाख ३ गते हङकङ र अम्तिम खेल वैशाख ५ गते साउदी अरेबियासँग खेल्नेछ।
 
दुबै समूहबाट शिर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्  भने फाइनल विजेता राष्ट्र आगामी एसिया कपमा सिधै छनौट हुनेछ।
 
नेपाली टोलीमा रोहित पौडेल (कप्तान ) कुशल भुर्तेल, आशिफ शेक, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, विवेक यादव , अनिल साह, सन्दीप जोरा, गुल्शन झा, करण केसी, सोमपाल कामी, ललित राजवंशी, अभिनाश बोहरा र प्रतिश जिसी रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०७:००
प्रतिक्रिया दिनुहोस्