खराब मौसमले त्रिभुवन विमानस्थलको उडान प्रभावित, कयौं जहाज डाइभर्ट

बिहीबार, चैत २९, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । खराब मौसमका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमान अस्तव्यस्त बनेको छ। आज दिउँसो ३ बजे बजेदेखि बिग्रिएको मौसमका कारण  डोमिस्टिक तथा अन्तर्राष्ट्रिय सबै उडानहरु प्रभावित हुन पुगेका छन्  । 

काठमाडौंमा वर्षासँगै चलेको हावाले विमानस्थल अस्तव्यस्त बन्दा केहीबेर अघि कतारबाट आएको जहाजले ओभरसुट गरेको छ भने नेपालगन्जबाट काठमाडौंका लागि उडेको यति एयरको जहाज आकाशबाटै नेपालगन्ज फर्किएको छ 

त्यसैगरि चाइनाबाट आएको चाइना इस्टर्न जहाज बंगलादेश डाइभर्ट भएको छ। भारतबाट काठमाडौं आएको एयर इन्डिगोको जहाज नयाँ दिल्ली डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

आन्तरिकतर्फ नेपालगन्जबाट काठमाडौं उडेको बुद्द एयरको जहाज भैरहवा लगिएको छ। कतिपय जहाजहरु आकाशमै फ्यानको मारिरहेका छन् ।

 

 

 

 

 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १८:०१
प्रतिक्रिया दिनुहोस्