एसिया कप :नेपालको पहिलो खेल पाकिस्तानसँग

बुधबार, साउन ३, २०८०

काठमाडौं । आगामी एसिया कप क्रिकेट २०२३ मा नेपालको पहिलो खेल पाकिस्तानसँग हुने भएको छ।

नेपालले आफ्नो पहिलो खेल  पाकिस्तानबीचको १३ भदौमा मुल्तानमा हुनेछ। नेपाल र पाकिस्तानसहित भारत समूह ‘ए’ मा छन्। 

नेपालले आफ्नो दोस्रो खेल भारतसँग भदौ १८ मा खेल्नेछ। यो खेल श्रीलंकामा हुनेछ। 

यस्तै भारत र पाकिस्तान भदौ १६ मा श्रीलंकामा भिड्नेछन्। 

एसिया कपको आयोजक पाकिस्तान भए पनि भारतले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेपछि खेल पाकिस्तान र श्रीलंकामा हुनेछ। 

 

 

 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  २१:१९
प्रतिक्रिया दिनुहोस्