नुहाउने क्रममा नदीमा डुबेर दुई युवकको मृत्यु

बिहीबार, चैत २९, २०८०
Neuro hospital Nepalgunj

भोजपुर । दुधकोशी नदीमा नुहाउने क्रममा दुई जनाको डुबेर मृत्यु भएको छ। भोजपुरस्थित आमचौक गाउँपालिका-१० मा रहेको दुधकोशी नदीमा नुहाउने क्रममा दुई जनाको डुबेर मृत्यु भएको भोजपुर प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार आमचौक-६ देवानटारका २० वर्षीयसुदीप दर्जी र सोही स्थानकै १८ वर्षीय अजय राईको नुहाउने क्रममा डुबेर बुधबार दिउँसो मृत्यु भएको हो।

मृतक दुबैको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल भोजपुर पठाइएको प्रहरीले जानकारी दिएको छ।

 

 

 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  १०:१५
प्रतिक्रिया दिनुहोस्