न्यू इएर इभ विशेष कार्यक्रम-होटल सिद्धार्थमा गायिका मेलिना राई गुन्जदै

बुधबार, चैत २८, २०८०
Neuro hospital Nepalgunj

नेपालगञ्ज । नेपालगञ्जस्थित होटल सिद्धार्थमा नव वर्षको पूर्व सन्ध्यामा विशेष कार्यक्रम हुने भएको छ । नव वर्ष २०८१ लाई भव्य स्वागत गर्न आयोजना गर्न लागिएको न्यू इएर इभ कार्यक्रममा नेपाली सङ्गीत जगतकी चर्चित गायिका मेलिना राईको विशेष प्रस्तुति रहने आज आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत जानकारी गराईएको छ । गायिका राईका दर्जनौं गीत चर्चाको शिखरमा छन् ।

कार्यक्रममा गायिका राईसँगै काठमाडौबाट चर्चित ब्याण्ड 'सोल अफ मेलोडिज'को टीम र डिजे सेसनका लागि 'डिजे सेड' समेत नेपालगञ्ज आउन लागेको होटल सिद्धार्थ नेपालगञ्जका सेल्स एण्ड मार्केटिङ म्यानेजर नबिन भट्टले जानकारी दिए । यही चैत ३० गते बेलुका ७ बजेबाट सुरु हुने न्यू इएर इभ सेलिब्रेशन मध्य रात १२ बजेसम्म चल्नेछ ।

होटलले कार्यक्रममा लागि विशेष प्याकेजको व्यवस्था गरेको समेत जानकारी दिएको छ । कार्यक्रममा सहभागिता जनाउन निश्चित शुल्क तोकिएको छ । बयस्कका लागि २ हजार २ सय, कपलका लागि ४ हजार र ५ वर्षदेखि १० वर्षमुनिका बालबालिकाको लागि १ हजार ५ सय रुपैयाँ लिइने होटलले पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।

यही रकममा स्वागत ड्रिंक, अनलिमिटेड लाइभ स्न्याक्स र लाइभ डिनरको व्यवस्था समेत गरिएको छ । कार्यक्रममा ५ सय बढी दर्शकको उपस्थिति रहने होटलले जनाएको छ । यसैबीच सिद्धार्थ ग्रुपका पश्चिम क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले पारिवारिक वातावरणमा नयाँ वर्षको स्वागत गर्न आयोजना गर्न लागिएको कार्यक्रममा सबैको उपस्थितिका लागि आग्रह गरे ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  २०:१०
प्रतिक्रिया दिनुहोस्