राष्ट्रिय सभा उपाध्यक्षमा विमला घिमिरे निर्वाचित

बुधबार, चैत २८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छिन् । घिमिरेले नेपाली कांग्रेसकी विश्वदेवी  पुडासैनीलाई हराउँदै अध्यक्षमा निर्वाचित भएकी हुन् ।

आजको राष्ट्रिय सभा बैठकमा ३९ जना सांसदले घिमिरेलाई मत दिएका हुन् । बैठक उपस्थित ५५ सांसदमध्ये घिमिरेले ३९ बाट मत पाउँदै उपाध्यक्षमा निर्काचित भएकी हुन् ।

कांग्रेसकी विश्वदेवीको पक्षमा १६ मत खसेको थियो।

सत्ता गठबन्धन फेरिएपछि माओवादी केन्द्रकी उर्मिला अर्यालले राजीनामा दिएपछि रिक्त रहेको उपाध्यक्ष पदमा एमालेले उपाध्यक्ष पाएको हो।

 

 

 

 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १५:०४
प्रतिक्रिया दिनुहोस्