शान्तिपूर्ण आन्दोलनमाथि दमन गर्ने गृहमन्त्रीको राप्रपाले माग्यो राजीनामा

बुधबार, चैत २८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । राष्ट्रिय प्रजातातन्त्र पार्टी (राप्रपा ) ले पनि गृहमन्त्री रवि लामिछानेको राजीनामा मागेको छ।  राप्रपाको शान्तिपूर्ण आन्दोलनमाथि सांसद ज्ञानेन्द्र शाहीले गृहमन्त्री रवि लामिछानेले दमन गरेको आरोप लगाएका छन् ।

प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद शाहीले मंगलबारको राप्रपाको आन्दोलनमा गृह मन्त्रालयको आदेशमा आफूमाथि पनि कुटपिट र कपडा च्यातिदिएको भन्दै १८ जना कार्यकर्ता घाइते बनाएको बताए । 

उनले आफ्नो पार्टीका नेता बुद्धिमान तामाङसमेत अहिले घाइते अवस्थामा नै संसदमा आएको बताए । उनले सरकारले दमन गरे पनि आफूहरुको आन्दोलन शान्तिपूर्ण हुनेसमेत जनाकारी दिए । 

उनले सहकारीमा लाखौँ पीडित भएको भन्दै छानबिन समिति बनाउनुपर्ने माग गर्दै तत्काल गृहमन्त्रीको राजीनाम दिनुपर्ने बताएका हुन ।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:५१
प्रतिक्रिया दिनुहोस्