कांग्रेसको अवरोधपछि बैशाख २ गतेसम्मका लागि संसद बैठक स्थगित

बुधबार, चैत २८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधपछि आजको संसद बैठक स्थगित भएको छ। सभामुख देवराज घिमिरेले बैशाख २ गतेका लागि बैठक सारेका छन् ।

कांग्रेसले उठाएको माग सम्बोधन नगर्दा संसद चल्न नसकेपछि सभामुख देवराज घिमिरेले बैठक २ गतेसम्मका लागि स्थगित भएको जनाएका हुन् । 

यसअघि उनले मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा संसद खुलाउने विषयमा छलफल गरेका भए पनि विपक्षीले उठाएका मागमा सरकार राजी नभएपछि बैठक अगाडि बढ्न नसकेको हो । 

कांग्रेसले सहकारी प्रकरणमा मु्छिएका रास्वपाका सभापति एवं गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनुपर्ने अडान राखेको छ । राजीनामा नदिने हो भने संसदीय छानबिन समिति बनाउनु पर्ने माग गरेको छ । 

बैठकमा कांग्रेसले संसदीय समिति गठनको माग निरन्तर उठाउँदै आएको छ भने राप्रपाले पनि त्यसको समर्थन गर्दै आफूहरुमाथि मंगलबार गृहमन्त्रीले चलाएको डण्डाको विरोध गरेको छ । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीले पनि विरोध जनाइरहेको छ । 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  १३:३२
प्रतिक्रिया दिनुहोस्