आज राष्ट्रिय सभा उपाध्यक्षको निर्वाचन हुँदै

बुधबार, चैत २८, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । आज राष्ट्रिय सभा उपाध्यक्षको लागि निर्वाचन हुँदैछ। दिउँसो सवा १ बजे बस्ने बैठकले राष्ट्रिय सभा उपाध्यक्ष पाउन थालेको हो । 

सांसद दुर्गा गुरूङले सांसद विष्णुदेवी पुडासैनीलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन् ।

त्यस्तै सांसद भगवती न्यौपानेले सांसद बिमला घिमिरेलाई राष्ट्रिय सभाको उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव सभा समक्ष प्रस्तुत गर्नेछिन् । 

साथै, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले उपाध्यक्षका दुवै उम्मेदवारका प्रस्तावलाई निर्णायार्थ प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्वजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।

संसद सचिवालयका अनुसार राष्ट्रिय सभाका सचिव सुरेन्द्र अर्यालले राष्ट्रिय सभाबाट पारित भइ सन्देशसहित प्रतिनिधि सभामा पठाइएको ‘खाद्य स्वच्छता तथा गुणस्तर विधेयक २०७७’ का सम्बन्धमा प्रतिनिधि सभाबाट प्राप्त सन्देशको जानकारी सभा समक्ष गराउने छन् ।

यसअघि उपाध्यक्ष उर्मिला अर्यालले राजीनामा दिएपछि उपाध्यक्ष पद खाली रहेको छ । भागबण्डामा अध्यक्ष पद माओवादी केन्द्रलाई परेपछि उपाध्यक्षमा सत्ता गठबन्धनबाट एमालेकी घिमिरेलाई दिने गरी सहमति भएको हो । 

कुनै अप्रत्याशित कायापलट नभए उपाध्यक्षमा घिमिरे पक्का हुनेछिन् ।

मंगलबार संसद भवनमा नेपाली कांग्रेसबाट राष्ट्रिय सभा सदस्य विष्णुदेवी पुडासैनी र नेकपा एमालेबाट विमला घिमिरेले राष्ट्रिय सभा उपाध्यक्षका लागि उम्मेदवारी दर्ता गराएका हुन् । 

पुडासैनीको प्रस्तावकमा प्रस्तावक दुर्गा गुरुङ र समर्थकमा नारायणदत्त भट्ट छन् भने घिमिरेको प्रस्तावकमा भगवती न्यौपाने, सार्थक नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामी छन्। 

 

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०८:११
प्रतिक्रिया दिनुहोस्