सडकको रेलिङ आफूखुसी काट्नेलाई कारबाही गर्दै उपमहानगर

मंगलबार, चैत २७, २०८०
Neuro hospital Nepalgunj

बाँके । सडकको रेलिङ आफूखुसी काट्नेलाई नेपालगन्ज उपमहानगरपालिकाले कारबाही गर्ने भएको छ ।

मेयर प्रशान्त विष्टको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय बाँके, उपमहानगरपालिकाको नगर प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले विपी चोक क्षेत्रमा रेलिङको अवस्थाबारे अनुगमन गर्दै आ-आफ्नो पसलरव्यवसाय अगाडिको रेलिङ काटेका व्यवसायीलाई सात दिनभित्र पुनःनिर्माण गर्न अल्टिमेटम समेत दिएको छ । निर्देशन अवज्ञा गर्नेलाई सार्वजनिक सम्पत्ति तोडफोड कसुर अन्तर्गत कार्वाही गरिने मेयर विष्टले बताए ।

व्यवसायीहरुले आफ्नो पसल अगाडिको रेलिङ आफूखुसी काट्न थालेपछि प्रशासन र नेपालगञ्ज उपमहानगरपालिकामा उजुरी समेत परेको छ । रेलिङ भत्काउने कार्य भएमा अब तत्काल कारबाही गरिने मेयर  विष्टको भनाई छ ।

अहिलेसम्म भत्काइएका रेलिङ पूर्ववत अवस्थामा फर्काउन समय दिइएको बताउँदै उनले अटेर गरे कारबाही प्रक्रियामा जाने स्पष्ट पारे । सार्वजनिक सम्पत्ति तोडफोड गर्ने अधिकार कसैलाई नभएको भन्दै नागरिकस्तरबाट रेलिङ काट्ने वा भत्काउने कार्यको विरोध हुँदै आएको छ । 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  २१:२७
प्रतिक्रिया दिनुहोस्