एमालेका यामलाल कँडेल कर्णालीको मुख्यमन्त्री नियुक्त

मंगलबार, चैत २७, २०८०
Neuro hospital Nepalgunj

सुर्खेत । नेकपा एमालेका यामलाल कँडेल कर्णाली प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् ।

एमाले कर्णाली प्रदेश संसदीय दलका नेता कँडेललाई आज साँझ प्रदेश प्रमुख तिलक परियारले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

एमालेका कँडेल माओवादी केन्द्रका १३, एमालेका ९ र नेकपा एकीकृत समाजवादी पार्टीका १ गरि २३ सांसदको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका हुन् । 

 

 

 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्