सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्चमा रिट

बुधबार, साउन ३, २०८०

काठमाडौं । संसद विकास कोष कार्यक्रम खारेज गर्न  माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

२०८०–८१ को बजेटमा समावेश गरिएको संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रम खारेजीको माग गर्दै आज अधिवक्ता अनिल आचार्यसमेतले सर्वोच्च अदालतमा रिट दर्ता गरेका हुन् । उक्त रिटको सुनुवाइका लागि बिहीबार पेसी तोकिएको छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, अर्थ मन्त्रालयसमेतलाई विपक्षी बनाई दायर गरेको रिटमा संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमले देशलाई ८ अर्ब २५ करोड रुपैयाँ व्ययभार बढेको जिकिर गरिएको छ । 

उक्त कार्यक्रमअनुसार प्रतिनिर्वाचन क्षेत्र ५ करोडका दरले दिने गरी रकम विनियोजन गरिएको रिटमा उल्लेख छ । 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १६:२४
प्रतिक्रिया दिनुहोस्