जिल्ला सभापतिहरुको भेलाले 'बदलिएको काँग्रेस बलियो काँग्रेस’ अभियानलाई थप गति प्रदान गर्ने गगन थापाको विश्वास

शुक्रबार, असार २२, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं  ।  जिल्ला सभापतिहरुसँगको छलफलपछि निस्केको निष्कर्ष केन्द्रीय कार्यसमिति बैठकमा लैजाने नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले बताएका छन् । 

बैठक सम्पन्न गरेपछि आज बेलुका सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले यो सुझाव र प्रतिबद्धताले ‘बदलिएको काँग्रेस बलियो काँग्रेस’ अभियानलाई थप गति प्रदान गर्ने विश्वास गरेका छन्। 

यस्तो लेखेका छन् महामन्त्री थापाले

पार्टी सदस्यता र सङ्गठनका विभिन्न विषयमा छलफल गरी १४ बुँदे प्रतिबद्धतासहित नेपाली कांग्रेस जिल्ला सभापतिहरूसँगको दुई दिने बैठक सम्पन्न गरेका छौँ।  बैठकमा पार्टी, नीति र नेतृत्वका सम्बन्धमा उठेका विभिन्न विषयहरूलाई हामीले आसन्न केन्द्रीय कार्य समितिको बैठकमा लैजाने छौँ। बैठकमा उपस्थित सभापतिहरूले जुन विचार, सुझाव र प्रतिबद्धता जाहेर गर्नुभएको छ, यसले 'बदलिएको कांग्रेस, बलियो कांग्रेस’ बनाउने अभियानलाई थप गति प्रदान गर्नेछ।

बैठकमा पार्टीका महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माले प्राप्त सुझावलाई पार्टी तहमा छलफल गरी आवश्यकताअनुसार आगामी केन्द्रीय कार्यसमितिको बैठकमा प्रस्तुत गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए । 

 

 

प्रकाशित मिति: शुक्रबार, असार २२, २०८०  २२:२०
प्रतिक्रिया दिनुहोस्