सहकारीबाट लाखौं मानिस ठगिएका छन्, कांग्रेस पछि हट्दैन् : देउवा

मंगलबार, चैत २७, २०८०
Neuro hospital Nepalgunj

काठमाडौं । सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि  लागेको आरोपको मुद्दा उठाउने विषयमा पछि नहट्ने नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्पष्ट पारेका छन् । आज सभापति देउवाले  सहकारी मुद्दाबाट पछि नहट्ने स्पष्ट गरेका पारेका हुन् ।

सभापति देउवाले धेरै जनता सहकारीबाट ठगिएको बताउदै यस मुद्धालाई यतिकै छोड्न नहुने बताएका हुन्। उनको भनाइलाई उदृत गर्दै एक नेताले भने, ‘लाखौँ जनता ठगिएका छन् । यो मुद्दालाई यतिकै छोड्नु हुँदैन । कानून पनि छ र उपलब्ध प्रमाणहरु गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न पर्याप्त छन्।’

आजै बसेको कांग्रेस संसदीय दलको बैठकले सहकारी प्रकरणको मुद्धालाई झन् सशक्त रुपमा उठाउने निर्णय गरिसकेको छ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्