कैलालीमा एउटै कोठामा मृत भेटिए दिदीबहिनी

मंगलबार, चैत २७, २०८०
Neuro hospital Nepalgunj

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकामा सहोदर दिदीबहिनी एउटै कोठामा मृत फेला परेका छन,। घोडाघोडी नगरपालिका-१० स्थित ठेबारमा एकै घरका दिदिबहिनी घरको कोठामा मृत फेला परेको कैलाली प्रहरीले जानकारी दिएको छ।

आज बिहान ७ बजे टिनले छाएको कोठामा २७  वर्षीया दिदी सिमालु चौधरी र उनकी २२ वर्षीया बहिनी इन्दा चौधरी मृत फेला परेको प्रहरीले जनाएको छ। उनीहरु दुबै जना झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

प्रहरी घटनास्थल पुगेर घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ११:२६
प्रतिक्रिया दिनुहोस्