उपनिर्वाचन; आज उम्मेदवारको अन्तिम नामावली प्रकाशित, आजै चुनाव चिन्ह वितरण

मंगलबार, चैत २७, २०८०
Neuro hospital Nepalgunj

इलाम । इलाम र बझाङमा हुने उपनिर्वाचनका लागि आज निर्वाचन आयोगले उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्दै छ। आजै उम्मेदवारलाई चुनाव चिन्ह पनि प्रदान गर्ने  कार्यतालिका रहेको छ।

यसैगरी आयोगले आज साँझ ५ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने जनाएको छ।

इलाम-२ मा निर्वाचित नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ र बझाङ-१ (१) नेपाली कांग्रेसबाट निर्वाचित पृथ्वीबहादुर सिंहको निधन पछि उप निर्वाचन हुन लागेको हो। जस अन्तर्गत इलाममा २० र बझाङमा १२ जनाले उम्मेदवारी दिएका छन् ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १०:४९
प्रतिक्रिया दिनुहोस्