एसीसी इमर्जिङ कप: यूएई नेपालसँग ३ विकेटले पराजित

बुधबार, साउन ३, २०८०

काठमाडौं । श्रीलंकामा जारी एसीसी इमर्जिङ टिम्स एसिया कप क्रिकेट प्रतियोगितामा नेपालले आफ्नो अन्तिम खेलमा यूएईलाई ३ विकेटले पराजित गरेको छ।

आज भएको खेलमा नेपालका कुशल भुर्तेलको उत्कृष्ट प्रदर्शनले यूएईलाई ४४  ओभरमा १५७ रनमै अलआउट गर्यो। 

यूएईको ब्याटिङमा लभ प्रीत सिंहले सर्वाधिक ५२ रन बनाएका हुन् । यूएईविरुद्धको बलिङमा नेपालका भुर्तेलले सर्वाधिक ६ विकेट लिएका छन् । त्यस्तै मौसम ढकालले २, पवन सराफ र कुशल मल्लले १-१ विकेट लिएका छन् ।

नेपालका तर्फबाट भुर्तेलले ७१ रन बनाएका छन् ।

नेपाल र यूएई यस प्रतियोगिताबाट बाहिरिएपनि आज आफ्नो अन्तिम खेलमा नेपालले यूएईलाई पराजित गर्दै सान्त्वना जित निकालेको हो।

यसअघि नेपाल पाकिस्तान 'ए' सँग ४ र भारत 'ए'  सँग ९ विकेटले पराजित भएको हो।

 

 

 

 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १६:११
प्रतिक्रिया दिनुहोस्