नहकुल केसीले दिए लुम्बिनीको योजना आयोगको उपाध्यक्षबाट राजीनामा

सोमबार, चैत २६, २०८०
Neuro hospital Nepalgunj

दाङ । डा.नहकुल केसीले लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षबाट राजीनामा दिएका छन् । केसीले आज मुख्यमन्त्री जोखबहादुर महरासमक्ष राजीनामा बुझाएका हुन् ।

नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका डिल्लीबहादुर चौधरीले राजीनामा दिएपछि माओवादी केन्द्रका महरा मुख्यमन्त्री नियुक्त भएसँगै केसीले राजीनामा दिएका हुन् । केसीलाई गत वैशाख २६,२०८० को मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको थियो।

उपाध्यक्ष डा.केसीसँगै आयोगका सदस्यहरु सरोज खनाल, सुरजकुमार वली र गीता केसीले पनि राजीनामा दिएका छन् ।

 

 

 

 

 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १५:१०
प्रतिक्रिया दिनुहोस्