राम्री-कपुरकोट सडक दैनिक ७ घण्टा बन्द हुँदै

सोमबार, चैत २६, २०८०
Neuro hospital Nepalgunj

सल्यान । अबदेखि दैनिक ७ घण्टाका लागि राप्ती राजमार्ग अन्तर्गत दाङ-तुलसीपुर-सल्यान सडकखण्ड बन्द हुने भएको छ।

तुलसीपुरको राम्रीदेखि सल्यानको कपुरकोटसम्म सडक चौडा गराउनका लागि ठाउँ ठाउँमा नयाँ कटिङ गर्नुपर्ने भएकाले आज देखि वैशाख १६ गतेसम्म दिउँसो र राति गरेर २ चरणमा ७ घण्टा सडक बन्द हुने भएको हो ।

दिउँसो १२ बजेदेखि ४ बजेसम्म र राति ९ बजेदेखि १२ बजेसम्म राम्रीदेखि कपुरकोटसम्म सडक बन्द हुने सडक डिभिजन कार्याय दाङका प्रमुख गुरु प्रसाद अधिकारीले जानकारी दिएका छन ।

साना सवारी साधनका लागि पैयाँखोरे, सातबास किमुचौर हुँदै कपुरकोट सडक वैकल्पिक मार्गका रुपमा प्रयोग गर्न सकिने डिभिजन प्रमुख अधिकारीले बताएका छन ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्